दिशोम गुरु शिबु सोरेनको सम्झनामा शनिबार कालचिनीको सावित्री धर्मशाला भवनमा श्रद्धाञ्जलि सभा आयोजन गरियो। कार्यक्रममा सर्वधर्मका धर्मगुरुहरूलाई आमन्त्रण गरिएको थियो।
बौद्ध, इस्लाम, हिन्दू, आदिवासी र क्रिस्चियन धर्मका प्रमुख प्रतिनिधिहरू उपस्थितिमा शिबु सोरेनको आत्मशान्तिको निम्ति प्रार्थना सभा गरिएको थियो।
कार्यक्रमलाई स्काउट्स एण्ड गाइड्सका बालबालिकाले सञ्चालन गरेका थिए।
कार्यक्रमका आयोजक अखिल भारतीय आदिवासी सदान महासभा र अखिल भारतीय आदिवासी सदरी भाषा साहित्य विकास समिति थिए।
अखिल भारतीय आदिवासी सादान महासभाका केन्द्रीय सभापति हरि कुजुरले सञ्चालन गरेको कार्यक्रममा प्रमुख वक्ताका रूपमा डा. कमल कुजुर उपस्थित थिए। डा. कुजुरले दिशोम गुरु सोरेनलाई भारतरत्नले विभूषित गर्नुपर्नेमा कुरोमा जोर दिँदै आगामी वर्षदेखि ‘शिबु सोरेन जयन्ती’ मनाइने जनाएका छन्।


Leave a Comment